नेप्सेमा थप ४.१३ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा झर्यो

केहि दिनयता निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार थप ४.१३ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.१३ अंकले घटेर २ हजार ८२३.८८ विन्दुमा झरेको हो ।
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.३२ अंकले घट्दै ५२२.३८ मा झरेको नेप्सेले जनाएको छ । गत मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ४७.४९ अंकले घट्दै २ हजार ८२८ विन्दुमा झरेको थियो । त्यसो त यता नेप्से परिसूचक दिनानुदिन क्रमशः घटिरहेका बेला उता कारोबार रकममा समेत तिब्र गिरावट आइरहेको छ ।
नेप्सेका अनुसार आज सेयर कारोबारमा तिब्र गिरावट आई ५ अर्ब ८३ करोड बराबरको मात्र कारोबार भएको छ । यसदिन सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० करोड ३७ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ भने सबैभन्दा कम हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ९ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार स्रष्टालाई पारिजात सम्मान
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता