बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा थप ४.१३ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा झर्‍यो

बुधबार, १६ असार २०७८, १५ : ४९
बुधबार, १६ असार २०७८

केहि दिनयता निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार थप ४.१३ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.१३ अंकले घटेर २ हजार ८२३.८८ विन्दुमा झरेको हो । 
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.३२ अंकले घट्दै ५२२.३८ मा झरेको नेप्सेले जनाएको छ ।  गत मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ४७.४९ अंकले घट्दै २ हजार ८२८ विन्दुमा झरेको थियो । त्यसो त यता नेप्से परिसूचक दिनानुदिन क्रमशः घटिरहेका बेला उता कारोबार रकममा समेत तिब्र गिरावट आइरहेको छ । 

नेप्सेका अनुसार आज सेयर कारोबारमा तिब्र गिरावट आई ५ अर्ब ८३ करोड बराबरको मात्र कारोबार भएको छ ।  यसदिन सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० करोड ३७ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ भने सबैभन्दा कम हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ९ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप