शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रूपा सुनार प्रकरणमा इन्सेक- विभेदविरुद्ध एकताबद्ध पहलकदमीको अपिल

बुधबार, १६ असार २०७८, १५ : ३३
बुधबार, १६ असार २०७८

जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि इन्सेकले अपिल गरेको छ ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा विभेदविरुद्ध एकताबद्ध पहलकदमीको अपिल गरिएको हो ।

‘जातीय विभेद मानवता विरुद्धको कार्य हो । यसले समाजलाई विद्वेष र सहिष्णुतातर्फ रूपान्तरित गर्दछ । यस्ता गैरकानुनी कार्यको पक्षमा गरिने वकालत, संरक्षण र अभियानले समग्र मानव विकास र मानव अधिकार प्रतिकूलको वातावरण निर्माण गर्नेतर्फ सचेत रहन इन्सेक हार्दिक आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँ महानगरपालिका–११ बबरमहलमा घर भाडाको विषयमा जातीय विभेद गरिएको आरोपसहितको घटना विवरण पीडित रूपा सुनारद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनाका सम्बन्धमा इन्सेकले सरोकार राख्दै यस्तो अपिल गरेको हो ।

‘न्यायको आशा गरेर गरिएका यस प्रकृतिका कानुनी प्रयासहरू फितलो हुनु र पारदर्शी प्रक्रिया सुनिश्चित हुन नसक्नुले ‘विधिको शासन र सामाजिक न्याय’ का मान्यताहरू कमजोर हुँदै गएको आशङ्का गर्न सकिन्छ । यस प्रकरणमा, नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको आरोपितसँग देखिएको प्रत्यक्ष उपस्थिति र संग्लनताले गम्भीर आशङ्कासमेत उत्पन्न भएको छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

संविधान र कानुनले बर्जित गरेका क्रियाकलाप र त्यसका आरोपितको संरक्षणमा नेपाल सरकारका मन्त्रीको उपस्थितिले नेपालको संविधान तथा प्रचलित कानुनप्रतिको जवाफदेहिता उल्लङ्घन भएको इन्सेकले ठहर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप