सामाजिक सञ्जालमार्फत बैंकको गोप्य विवरण माग्नेहरुसँग सजग हुन बैंकर्स संघको आग्रह
काठमाडौं । नेपाल बैंकर्स एसोसिएशनले अहिले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको बारेमा सचेत गराएको छ । एसोसिएशनले एक विज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई रकम पठाउनका लागि भन्दै खाता÷व्यक्तिगत विवरण माग गर्ने गरेकोप्रति ग्राहकहरुलाई सचेत गराउँदै आफ्नो गोप्य विवरण नदिन आग्रह गरेको हो ।
त्यस्ता व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं., मोबाइल नं., पासवर्ड ९इत्ए० प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारी आएकाले सजग रहन एसोसिएशनले आग्रह गरेको छ ।
त्यस्ता माग आएमा सजग रही आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न सबैं बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई एसोसियशनले आग्रह गरेको छ ।
साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरेको छ । सजगताका साथ डिजिटल बैंकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न ग्राहकहरुमा एसोसियशनले अनुरोध गरेको छ ।
अहिले सामाजिक संजाल मार्फत अपरिचितले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं., मोबाइल नं., पासवर्ड ९इत्ए० प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको खबरहरु आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु