शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

बुधबार, १६ असार २०७८, १३ : ५२
बुधबार, १६ असार २०७८

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठक आज दिउँसो एक बजेका लागि बोलाइए पनि समाचार तयार पार्दासम्म अझै शुरु हुन सकेन । पार्टीको आन्तरिक विवाद, देशको समसामयिक राजनीतिक अवस्था, निर्वाचन आयोगको मुद्दालगायतको विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ ।

तर जसपा (महन्थ ठाकुर पक्ष) को पार्टी कार्यालय बबरमहलमा बैठक बस्न लागेको हो । कार्यकारिणी समितिका सदस्य मनिष सुमनले कार्यकारिणी समितिको बैठकको बारेमा जानकारी आएको हो तर के एजेण्डामा बस्न लागेको विषयमा जानकारी नभएको बताए ।

अध्यक्ष ठाकुरले हेरफेर गरेपछि कार्यसमितिको बैठक बस्न लागेको हो । अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना थपेका छन् ।

पार्टीको अनुमानविपरीत कार्य गरेको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित अन्य नेताहरुलाई पार्टीबाट निष्कासित गरी कारवाही गरेका थिए । त्यसपछि अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासित गरेर कारवाही गरेका छन् ।

तर दुवैजना अध्यक्षले एक अर्कालाई कारवाही गरेको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । पार्टीको आधिकारिकता माथि दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले पुन: निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसको प्रतिउत्तरमा अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आयोगमा निवेदन दिएका छन् ।

दुवै पक्षको निवेदन तथा प्रमाणहरु त्यहाँ पुगेपछि आयोगले दुवै पक्षलाई छलफलका लागि निर्वाचन आयोग बोलाएको छ । असार २२ गते दुवै पक्षलाई आफ्नो प्रमाणसहित निर्वाचन आयोगमा उपस्थित हुन भनिएको छ । पत्र प्राप्त गरेपछि दुवै पक्ष आन्तरिक तयारीमा जुटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप