पेनाल्टी मिस गरेका एमबाप्पेले माफी माग्दै भने, ‘निदाउनै गाह्रो भो’

स्वीटजरल्यान्डविरुद्धको खेलमा निर्णायक पेनाल्टी मिस गरेका फ्रान्सका फरवार्ड किलियान एमबाप्पेले माफी मागेका छन् । यूरो २०२० को अन्तिम–१६ को खेलमा पेनाल्टी सुटआउटमा एम्बाप्पे चुक्दा स्वीटजरल्यान्डसँग ५–४ ले पराजित हुँदै विश्वविजेता फ्रान्स प्रतियोगिताबाट बाहिरिएको थियो ।
उक्त सनसनीपूर्ण खेलको अन्तिम १० मिनेटमा दुई गोल गर्दै स्वीटजरल्यान्डले फ्रान्सलाई ३–३ गोलको बराबरीमा रोकेको थियो । त्यसपछि अतिरिक्त समयमा कुनै गोल हुन सकेन । पेनाल्टी सुटआउटमा स्वीटजरल्यान्डका गोलकिपर यान सोम्मरले एमबाप्पेको प्रहार रोके ।
यस घटनापछि आफू निकै दुःखी रहेको एमबाप्पेले बताएका छन् । पेनाल्टी मिसका कारण आफु रातभर निदाउन नसकेको पनि उनले बताए । ‘यस पेनाल्टीका लागि म माफी माग्छु । मैले टिमलाई सहयोग गर्न चाहेको थिएँ, तर असफल भएँ,’ इन्स्टाग्राममा एमबाप्पेले लेखेका छन्, ‘यो घटनापछि निदाउन गाह्रो भइरहेको छ । तर, दुग्भार्यवस् यस्ता घटना मैले धेरै मन पराउने खेलेको उतारचढाव हुन् । सबैभन्दा ठूलो कुरा फेरि उठ्नु र भविष्यका प्रतिबद्धतामा खरो उत्रनु हो । स्विस टिमलाई बधाई तथा शुभकामना छ ।’
स्वीटजरल्यान्डले सेन्ट पिटर्सवर्गमा हुने क्वाटरफाइनलमा स्पेनको सामना गर्दैछ । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले एमबाप्पेलाई दोष दिन नमिल्ने प्रतिक्रिया दिइसकेका छन् । ‘जब तपाईंले जिम्मेवारी लिनुहुन्छ, तब यस्तो हुन्छ । यो घटनाले उनी धेरै प्रभावित भएका छन्,’ एमबाप्पेको बचाउ गर्दै डेसच्याम्प्सले भनेका थिए ।
फ्रान्सका कप्तान हुगो लोरिससहित टोलीका खेलाडीहरु पनि एमबाप्पेको पक्षमा देखिएका छन् । ‘हामी एकसाथ जित्छौँ र एकसाथ हार्छौँ । स्वीटजरल्यान्डविरुद्धको हारका लागि हामी सबै जिम्मेवार छौँ,’ उनले भनेका थिए ।
ब्राजिलका महान् फुटबलर पेलेसहित अन्य धेरै फुटबलहरुले पनि एमबाप्पेलाई समर्थन गरिरहेका छन् । ‘आफ्नो शिर उचो राख, किलियान ! भोलि नयाँ यात्राको पहिलो दिन हो,’ पेलेले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती