मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारलाई अदालतको आदेश

बुधबार, १६ असार २०७८, १२ : ४२
बुधबार, १६ असार २०७८

कोरोनाबाट ज्यान गुमाउनेहरुको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित दायर गरिएको रिटमा भारतको सर्वोच्च अदालतले बुधबार फैसला सुनाएको छ । सर्वोच्च अदालतले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको हो । यद्यपि, कति रकम क्षतिपूर्ति दिने भन्ने विषय केन्द्र सरकारले नै निर्धारण गर्ने अदालतको आदेशमा उल्लेख छ । 

यसअघि अदालतमा ४ लाख भारु क्षतिपूर्ति पाउनुपर्ने मागसहित मुद्दा दर्ता भएको थियो ।  त्यस्तै, भारतको केन्द्र सरकारले पनि अदालतमा याचिका दर्ता गरेको थियो, जसमा कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई कुनै क्षतिपूर्ति रकम दिन नसकिने उल्लेख थियो, यो रिट अदालतले खारेज गरिदियो । 

भारतमा कोरोनाका कारण ३ लाख ९८ हजार ४ सय ८४ जनाले ज्यान गुमाइसकेका छन् । ३ करोडभन्दा धेरै जनसंख्या संक्रमित हुने दुई देशमध्ये भारत एक हो । यहाँ ३ करोड ३ लाख ६२ हजारभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टी भइसकेको छ ।  सर्वाधिक धेरै संक्रमित अमेरिकामा छन् । जहाँ, ३ करोड ४५ लाख २७ हजारभन्दा धेरैमा संक्रमण पुष्टी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप