उपकुलपति डा गिरीसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छन् ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले आज उपकुलपति डा ज्ञानेन्द्र गिरी रेक्टर डा गुरुप्रसाद खनाल,रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी र अस्पतालका निर्देशक डा गौरीशंकर साहको कार्यकक्षमा ताला लगाएका हुन् ।
संयुक्त संघर्ष समितिका सहसंयोजक डा विष्णु पोखरेलले प्राज्ञिक थलोमा बार्ताका लागि आउँदा उपकुलपति डा ज्ञानेन्द्र गिरी नाघेर आएकाले अब प्रतिष्ठानका पदाधिकारीसँग बार्ताका औचित्य समाप्त भएको बताए ।
उनले प्रतिष्ठानमा जारी आन्दोलनको समस्या हलका लागि सरकारले बनाउने वार्ता टोलीसँग मात्र अब आफूहरु वार्तामा बस्ने बताए ।
सरकारले बनाउने वार्ता टोलीसँगको बार्ताका लागि प्रतिष्ठानका चार पदाधिकारीको राजीनामा दिनुपर्ने पहिलो शर्त रहने संयुक्त संघर्ष समितिका सहसंयोजक पोखरेलले बताए ।
प्रतिष्ठानमा अनियमितता भएको भन्दै फ्याकल्टी, विद्यार्थी, नर्स तथा चिकित्सकहरु गएको असार १ गतेबाट आन्दोलनमा छन् ।आन्दोलनरकारीहरुले दुई दिनयता रिले अनसन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई पहुँच विस्तार गर्न इन्डोनेसियाले ३९ नयाँ विमानस्थल बनाउने
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
आत्मालाेचना गरे प्रचण्डले, औँल्याए आफ्नै कैयौँ कमजाेरी
-
बागमती प्रदेशसभामा विनियोजन विधेयक पेस
-
बेल्जियमको एक अपार्टमेन्ट भिषण आगलागी
-
थमन विक हत्या प्रकरण : एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण