उपकुलपति डा गिरीसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छन् ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले आज उपकुलपति डा ज्ञानेन्द्र गिरी रेक्टर डा गुरुप्रसाद खनाल,रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी र अस्पतालका निर्देशक डा गौरीशंकर साहको कार्यकक्षमा ताला लगाएका हुन् ।
संयुक्त संघर्ष समितिका सहसंयोजक डा विष्णु पोखरेलले प्राज्ञिक थलोमा बार्ताका लागि आउँदा उपकुलपति डा ज्ञानेन्द्र गिरी नाघेर आएकाले अब प्रतिष्ठानका पदाधिकारीसँग बार्ताका औचित्य समाप्त भएको बताए ।
उनले प्रतिष्ठानमा जारी आन्दोलनको समस्या हलका लागि सरकारले बनाउने वार्ता टोलीसँग मात्र अब आफूहरु वार्तामा बस्ने बताए ।
सरकारले बनाउने वार्ता टोलीसँगको बार्ताका लागि प्रतिष्ठानका चार पदाधिकारीको राजीनामा दिनुपर्ने पहिलो शर्त रहने संयुक्त संघर्ष समितिका सहसंयोजक पोखरेलले बताए ।
प्रतिष्ठानमा अनियमितता भएको भन्दै फ्याकल्टी, विद्यार्थी, नर्स तथा चिकित्सकहरु गएको असार १ गतेबाट आन्दोलनमा छन् ।आन्दोलनरकारीहरुले दुई दिनयता रिले अनसन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?