आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नदी किनारका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

बुधबार, १६ असार २०७८, ११ : १२
बुधबार, १६ असार २०७८

 जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् ।

गएराति परेको मुसल्धारे वर्षासँगै  बागमती र लालबकैया नदीमा पानीको सतह बढदै गएको हो ।  
बागमती र लालाबकैया नदीमा आउँदा वर्षेनी  जिल्ला सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप