शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युनियन लाइफले २४ गतेदेखि आईपीओे बिक्री खुला गर्ने

कस्तो छ कम्पनीको अवस्था ?
बुधबार, १६ असार २०७८, १० : ४३
बुधबार, १६ असार २०७८

युनियन लाइफ इन्सुरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । 

प्रतिकित्ता एक सय रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरिने बताइएको छ । जसमध्ये ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) कर्मचारी र ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता)  म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि आवेदन दिन सकिनेछ । आवेदन असार २८ गतेसम्म दिन सकिन्छ । यस आईपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । यसको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप