एमाले दशौैं राष्ट्रिय महाधिवेसन आयोजक कमिटी : बालुवाटारमै जन्म, बालुवाटारमै अन्त्य !

काठमाडौं । झण्डै तीन महिनापछि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग हुदैछ । बालुवाटारमा बुधबार ११ बजे बस्ने एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सो कमिटीलाई एमाले केन्द्रीय कमिटीका रुपमा रुपान्तरण गर्दै आयोजक कमिटीलाई भंगको घोषणा गर्नेछ ।
‘महाधिवेशन आयोजक कमिटीका रुपमा आज अन्तिम बैठक बस्दैछ । आजपछि केन्द्रीय कमिटीले नै महाधिवेशन आयोजक कमिटीको हैसियतमा काम गर्छ’, एमाले नेता सुवास नेम्वाङको भनाई छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आयोजक कमिटीको हैसियतमा आज चौथो बैठक बसेर केन्द्रीय कमिटीमा रुपान्तरणको घोषणा गरिनेछ ।
नेताहरुका अनुसार आजको बैठक संक्षिप्त हुनेछ । आजको बैठकमा केही प्रस्ताव पेश र अनुमोदनबाहेक अन्य छलफल नहुने एमाले नेताहरुको भनाइ छ ।
नेकपा विवादमा सर्वोच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई आयोजक कमिटीमा रुपान्तरणको घोषणा गरेका थिए ।
ओलीले यसरी एकपक्षीय ढंगले केन्द्रीय कमिटी भंग गरेर नेताहरुको जिम्मेवारी खोस्नुका साथै विधान समेत संशोधन गरेपछि माधव नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको थियो । यहीँ विवादले पार्टी नै विभाजन हुनसक्ने खतरा कायमै रहेका बेला अध्यक्ष ओली पार्टी एकताअघिको एमालेको संरचनामा फर्कन सहमत भएका हुन् ।
यसअघि मंगलबार साँझ बसेको एमाले स्थायी समिति बैठकले बुधबार बस्ने आयोजक कमिटीको बैठकले माधव नेपाल पक्षको माग अनुसार पार्टीलाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको थियो । साथै स्थायी समितिले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाएर थप निर्णय गर्ने समेत निर्णय गरेको थियो । आजको बैठकपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवादको तयारी समेत भइरहेको नेताको भनाइ छ । ‘दुई (ओली र नेपाल)नेताबीच सम्भवतः १७ गते बेलुकासम्म संवाद गर्ने गरी प्रयास भइरहेको छ,’ ओली निकट एक नेताले बताए ।
नेपालको कम्युनिस्ट इतिहासमा महाधिवेशन आयोजक कमिटी बनाएर उक्त कमिटी महाधिवेशन नगरी अन्त्य भएको यो सम्भव त पहिलो घटना भएको जानकारहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’