त्रिविलाई पाँच विद्यार्थी संगठनको १० दिने अल्टिमेटम

विभिन्न पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । मंगलवार ती विद्यार्थी संगठनले १० दिने अल्टिमेटम सहित पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्रमा बुझाएका हुन् ।
विद्यार्थी संगठनहरुले लामो समयसम्म शैक्षिक गतिविधि लथालिङ्ग हुँदा समेत त्रिवि प्रशासन निदाएर बसेको भन्दै विश्वविद्यालयका उपकुलपति समक्ष ज्ञापनपत्र बुझाएका छन् । पाँच बुँदे संयुक्त ज्ञापनपत्रमा विश्वविद्यालयको शैक्षिक सत्रको समयअवधि परीक्षा नलिइकनै समाप्त भएको भन्दै उपयुक्त विधि र समयावधि तोकेर परीक्षा सञ्चालन गर्न तथा शैक्षिक कार्यक्रमहरु क्यालेन्डर बनाएर लागू गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा एम फिल र पीएचडी भर्ना शुल्क बारेको समस्या तत्काल विद्यार्थीहरूसँग संवाद गरि समाधान गर्न पनि माग गरिएको छ । त्यस्तै टियु अन्तर्गतका आंगिक क्याम्पसमा लागू गरिएका सबै विषयहरुलाई नीजि क्षेत्रबाट सञ्चालन गर्न बन्द गर्नुपर्ने भन्दै आंगिक क्याम्पसहरुमा कानुन विषयको अध्ययन अध्यापनको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय