बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविलाई  पाँच विद्यार्थी संगठनको १० दिने अल्टिमेटम

मङ्गलबार, १५ असार २०७८, २३ : ३५
मङ्गलबार, १५ असार २०७८

विभिन्न पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । मंगलवार ती विद्यार्थी संगठनले १० दिने अल्टिमेटम सहित पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।  नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्रमा बुझाएका हुन् ।

विद्यार्थी  संगठनहरुले लामो समयसम्म शैक्षिक गतिविधि लथालिङ्ग हुँदा समेत त्रिवि प्रशासन निदाएर बसेको भन्दै विश्वविद्यालयका उपकुलपति समक्ष ज्ञापनपत्र बुझाएका छन् । पाँच बुँदे संयुक्त ज्ञापनपत्रमा विश्वविद्यालयको शैक्षिक सत्रको समयअवधि  परीक्षा नलिइकनै समाप्त भएको भन्दै उपयुक्त विधि र समयावधि तोकेर परीक्षा सञ्चालन गर्न तथा शैक्षिक कार्यक्रमहरु क्यालेन्डर बनाएर लागू गर्न  माग गरिएको छ ।

ज्ञापनपत्रमा एम फिल र पीएचडी भर्ना शुल्क बारेको समस्या तत्काल विद्यार्थीहरूसँग संवाद गरि समाधान गर्न पनि माग गरिएको छ । त्यस्तै टियु अन्तर्गतका आंगिक क्याम्पसमा लागू गरिएका सबै विषयहरुलाई नीजि क्षेत्रबाट सञ्चालन गर्न बन्द गर्नुपर्ने भन्दै आंगिक क्याम्पसहरुमा कानुन विषयको अध्ययन अध्यापनको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप