प्रदेशसभा बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते
प्रदेश नं २ को आज बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थगन भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो । यही असार १ गते प्रदेशसभामा प्रस्तुत आगामी आव २०७८–७९ को बजेटमाथि छलफल गर्ने गरी आजको बैठक आह्वान गरिए पनि बस्दै नबसी स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभाको अर्को बैठक असार २३ गते बस्ने छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गर्नुभएको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगन गरिएको थियो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनु पर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि आजका लागि बैठक आह्वान गरिएको थियो । संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेशसभा बैठक सारिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
-
ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
-
कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
-
नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
-
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा