रौतहटको वृन्दावनमा स्थानीय र प्रहरीबीच झडप
मङ्गलबार, १५ असार २०७८, २२ : ५९

रौतहटको वृन्दावनमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परेर केही स्थानीय र केहि प्रहरी समान्य घाइते भएका छन् । स्थानीय महिलाहरुले वृन्दावन नगरपालिकाको गेटमा धर्ना दिएपछि प्रहरीले भीड हटाउने क्रममा झडप भएको हो ।
झडपको क्रममा प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिबिक्रिम शाहले जानकारी दिए । नगरपालिकामा महिलाको शीर्षकमा आउने रकम अनियमितता भएको भन्दै पछिल्लो तीन दिनदेखि स्थानीय महिलाहरु नगरपालिकाको मुलगेटमा धर्ना बसेका थिए ।
नगर प्रमुख रामसनेही यादवले महिलाको शीर्षकमा आउने रकम प्रत्येक वडामा दामासायीले वितरण गर्दै आएको बताए । उता महिला नेतृ प्रभा सिंहले महिलाको हक अधिकारको निमित्त आउने रकम अनियमितता भएको दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरूको गोजीबाट पद बाँड्ने निरीह सङ्गठन बनाउनु हुँदैन: श्रेष्ठ
-
आईपीएलको बारेमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै, बिहीबारदेखि सुरु हुनसक्ने
-
वेस्ट बैंकमा वरिष्ठ इस्लामिक जिहाद लडाकु मारिएको इजरायलको दाबी
-
आर्थिक वर्ष २०२५ को खुद नाफामा ३४.९ प्रतिशत गिरावट आउने टोयोटाको अनुमान
-
ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुरु
-
फिल्मसिटीमा लगानी अन्योल : काभ्रेले उत्साहित बनाउँदा, ‘दोलखा’ले निराश