शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

धादिङका चार दुग्ध उद्योगमाथि कारबाही

मङ्गलबार, १५ असार २०७८, १९ : ४९
मङ्गलबार, १५ असार २०७८

जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही  समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले  संयुक्तरुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ । 

अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई रु १० हजार,  एन के दुग्ध उद्योगलाई  रु १५ महांकाल  दुग्ध उद्योगलाई रु  १० हजार र खनाल दुग्ध उद्योगलाई  रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो । 

त्रिशुलीमा ट्रक खसेर बेपत्ता 

पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक  त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक सो नदीमा आज विहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अहिले नदीको बहाब उच्च रहेको छ । 

चालक बाहेक ट्रकमा अन्य को को थिए भन्ने यकीन नभएको र खोजी जारी रहेको बताइएको छ । वीरगञ्जबाट काठमाडौंका लागि छुटेका  तीन ट्रकमध्ये एउटा  सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप