शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

मङ्गलबार, १५ असार २०७८, १७ : ३८
मङ्गलबार, १५ असार २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा ५ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा ३, लमजुङमा १ र म्याग्दीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कास्कीमा पोखरा –१ की ६५ वर्षीय महिला, पोखरा –१० की ६४ वर्षीय महिला र कास्कीको मादी –१० का ८१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । 

यसैगरी लमजुङको बेशीसहर–१० का २४ वर्षीय पुरुषको भरतपुर अस्पताल चितवनमा र म्याग्दीको अन्नपूर्ण–३ की ५९ वर्षकी महिलाको उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४५ पुगेको छ । 

त्यसैगरी गण्डकी प्रदेशमा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १६३ जनाको नमुना परीक्षण गरिएकामा २८३ जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये १३७ पुरुष र १४६ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ११९, म्याग्दी ७, पर्वत ३, लमजुङ ९,गोरखा ७, तनहुँ ४४, बाग्लुङ २९, स्याङ्जाका २२ र नवलपुरका ४३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५१  हजार ७३० पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप