चट्याङ लागेर पर्सामा २ जनाको मृत्यु
मङ्गलबार, १५ असार २०७८, १७ : ३१
![चट्याङ लागेर पर्सामा २ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/thundar_SmWUMrAftb.jpg)
जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी–४ देवरवना बस्ने ५५ वर्षीय रघुवीर यादव रहेका छन् । यादवको भैंसी चराउने क्रममा खेतमा चट्याङ लागेर मृत्यु भएको हो ।
यसैगरी जिल्लाकै जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया अस्तोर्मी देवी थारुको पनि चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टै सत्ता निर्माण गर्ने निर्णयबाट किन पछि हटे महतो ?
-
बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
-
दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
-
प्रचण्डसँग १६ महिना अघिको धोकाको बदला लिए ओलीले
-
एमालेसँग विद्रोह गरेका माधव नेपाल दुईपटक समाजवादीका अध्यक्ष
-
ट्रम्पको टिप्पणीलाई ‘गम्भीरतापूर्वक’ लिन्छु : पुटिन