शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ
मङ्गलबार, १५ असार २०७८, १७ : ११
पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ परेका छन् । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् । चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय सचिव हुन् । नेपाली मोर्चाका नेता हुन । रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री श्रेष्ठको विरुद्धमा जात व्यवस्था उन्मूलन मोर्चाले विरोध प्रदर्शन गरेको जनाइएको छ ।
विरोध कार्यक्रमपछि मन्त्री श्रेष्ठको पुत्ला दहन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका एसपी प्रहरी प्रधान कार्यालय तानिए
-
छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन
-
ननुहाउने श्रीमानसँग श्रीमतीले मागिन् सम्बन्धविच्छेद
-
टंकले गरे ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ नामबाट फिल्म दर्ता
-
बाढी पहिरोबाट १२ जिल्लाका १० हजारभन्दा बढी विद्यार्थी प्रभावित
-
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?