दाङमा निषेधाज्ञा खुकुलो
मङ्गलबार, १५ असार २०७८, १७ : ०४

दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।
बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात र निजी यातायात चलाउने निर्णय भएको हो । त्यस्तै बैठकले दैनिक बेलुकी ६ बजेसम्म बजार खोल्ने निर्णय गरेको छ ।
यता, सरकारी कार्यालय, बैंक र वित्तीय संस्थाका कार्यालय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खोल्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा