केन्द्रीय संस्करण

पहिलोचरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा एमालेले बलियो : महासचिव पोखरेल

person explore access_timeअसार ९, २०७४ chat_bubble_outline0

विराटनगर – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पु¥याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । 

प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उनले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत सबै पक्षकोे साझा दायित्व हो भने । 

महासचिव पोखरेलले निर्धारित समयभित्रै तीनवटै तहको निर्वाचन गराउनुपर्ने उल्लेख गर्दै स्थानीय सरकार बनेपछि मात्र सिंहदरबारको अधिकार जनताको हातमा पुग्ने विश्वास व्यक्त गरे । 

पहिलोचरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा एमालेले अझ राम्रो गर्ने विश्वास व्यक्त गर्दै उनले प्रदेश नं– २ को निर्वाचनको मिति सार्ने काम गैरजिम्मेवारपूर्ण भएको बताए । 

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले द्वन्द्वपीडितलाई राहतको नाममा रु ६ अर्ब वितरण गरेर सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाए । 

यी घटनालगायत अन्य आचारसंहिता उल्लङ्घनको विषयमा एमालेले निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएको पनि बताए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.