शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

यी स्वीडिस स्टार जसका बाबुआमा देश छाडेर भाग्न बाध्य भएका थिए

आज उनका लागि आर्सनल ६ करोड पाउन्ड तिर्न तयार छ
मङ्गलबार, १५ असार २०७८, १६ : १४
मङ्गलबार, १५ असार २०७८

२१ वर्षीय स्वीडिस स्टार अलेक्स्यान्द्रर इसाक जारी युरोमा मज्जाले चम्किएका छन् । उनले स्लोभाकियाविरुद्ध समूह चरणको खेलमा मैदानको मध्य भागबाट बल अघि बढाएर विपक्षी टोलीका पाँच खेलाडीलाई छक्याउँदै शानदार गोल गरे । 

सन् २०१८ मा आफ्नो थातथलो खोज्दै उनी पूर्वी अफ्रिकाको इरिट्रिया पुगेका थिए । त्यहाँ उनले आफ्ना बाबु–बाजेको घर नियाले, स्कुल भ्रमण गरे । वर्षौँ पहिले उनका बाबुआमा यहाँबाट भागेर शरण खोज्दै युरोप छिरेका थिए । स्कोटहोल्मको सोल्नामा इसाक जन्मिए । यो त्यही ठाउँमा हो, जहाँ बाल्यकालदेखि नै उनको तुलना ज्लाटान इब्राहिमोभिकसँग भयो । आज यी खेलाडीलाई ६ करोड पाउन्ड खर्चिएर किन्नका लागि आर्सनल तम्तयार देखिएको छ ।  

तीन वर्षअघि इटालीका लागि इरिट्रियाका राजदूत जेमेडे टेक्लेको निमन्त्रणामा इसाक आफ्नो पुर्ख्यौली देश गरेका थिए । स्वीडेनमा जन्मिएपछि ६ फिट ४ इन्च अग्ला यी स्ट्राइकर इरिट्रियाली संस्कृतिसँग परिचित छन् । स्थानीय रङ्गशालामा युवा फुटबलरहरूको खेल हेर्नुअघि उनले आस्माराको ग्रास रुट प्रोजेक्ट नियालेका थिए । उनी त्यहाँ भइरहेको फुटबलको प्रगतिबाट प्रभावित भए ।

‘बच्चाहरूले अभ्यास गरिरहेका छन् आफ्नो भविष्य बनाइरहेका छन्, मलाई यो मनप¥यो,’ उनले भनेका थिए, ‘मैले पनि सानो हुँदा यस्तै गर्थे । हामी एउटै मैदानमा धेरै बच्चाहरू हुन्थ्यौँ । यो निकै राम्रो परियोजना हो र बच्चाहरूले आफैँलाई विकास गरिरहेको देख्नु पाउँदा खुसी लागेको छ ।’

स्वीडेनमा हुर्किए 

१९८० मा आफ्नो परिवारका लागि राम्रो भविष्य खोज्दै उनका बाबु टिमी युरोप आए । इरिट्रियामा लामो गृहयुद्ध चलिरहेको थियो, प्रतिस्पर्धी सङ्गठनहरू देशको स्वतन्त्रताका लागि लडिरहेका थिए । टिमी र उनकी श्रीमतीलाई स्वीडेनले खुला हृदयले स्वागत ग¥यो, त्यसपछि १९९९ मा सोल्नामा जन्मिएका  इसाकले स्थानीय टिम एआईकेबाट ६ वर्षको उमेरमै खेल्न थाले । त्यहाँ उनको भेट नाहोम घिडीसँग भयो, नाहोम पनि इरिट्रियाली पृष्ठभूमिकै हुन् । 

‘हामी दुवै इरिट्रियाली मूलको भएकाले हामीबीच विशेष सम्बन्ध छ । इरिट्रियनहरु गर्व गर्ने, शक्तिशाली र राष्ट्रवादी व्यक्ति हुन् र यो पृष्ठभूमि सशक्त थियो। उनका बाबु टिमी शिक्षक हुन् र इसाकले सधैँ परिवारबाट ठुलो माया र समर्थन पाए,’ नाहोमले भने । 

ब्रेक थ्रु 

१६ वर्षको उमेरमा एआईकेको सिनियर टोलीबाट इसाकले डेब्यु गरे, त्यो २०१६ को स्वीडिस कपको खेल थियो । उनले केवल १५ मिनेट खेलेर गोल गरेका थिए । एआईकेको इतिहासमा सर्वाधिक कम उमेरमा लिग गोल गर्ने कीर्तिमान पनि इसाकको नाममा छ, उनले १६ वर्ष १ सय ९९ दिनको उमेरमा ओस्टरसन्डस् एफकेविरुद्धको खेलमा गोल गरेका थिए । उक्त खेल एआईकेले २–० ले जितेको थियो । 

१७ औँ जन्मदिनको दिन एआईकेको प्रमुख प्रतिस्पर्धी जगार्डेन्स् आईएफविरुद्ध इसाकले दुई गोल गरे, यसपछि टोलीका अर्का खेलाडी चिनेडु ओबासीले घोषणा गरिदिए ः उनी स्वीडेनका नयाँ ज्लाटान इब्राहिमोभिच हुन् । यो घोषणाले युरोपका ठूला क्लबहरुको कान पनि ठाडो भयो  र  युवा इसाकको काँधमा उत्कृष्ट खेल्नुपर्ने दबाब प¥यो । 

डर्टमन्डमा स्वागत

२०१७ मा इसाकलाई बोरुसिया डर्टमन्डले क्लबमा भित्र्यायो । भविष्यका स्टार जन्माउनका लागि यो क्लब प्रख्यात मानिन्छ । भनिन्छ, डर्टमुन्डमा जानुअघि रियलबाट पनि इसाकलाई प्रस्ताव आएको थियो, जो उनले अस्वीकार गरे । ‘मसँग टेबलमा धेरै प्रस्ताव थिए । तर, मैले सोचें युवा खेलाडीका रुपमा आफुलाई विकास गर्न डर्टमन्ड सही ठाउँ हो,’ उनले भने । 

तर उत्तरी राहिने वेस्टफालियामा जम्न इसाकलाई गाह्रो भयो । दुई वर्ष उनले क्लबमा बिताउँदा चारजना प्रशिक्षक फेरिए । थोमस टल, पिटर बोस्च, पिटर स्टोग र लुसियन फाब्रे सबैले अरु नै स्ट्राइकरलाई रोजे, इसाकले ठाउँ नै पाएनन् । उनी रिजर्भमा परे, अनि चौथो डिभिजनको लिग खेल्ने विपक्षीहरुविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगे । 

परिवर्तनको खाँचो थियो ।

नेदरल्यान्डस् गएर जमे 

२०१९  को सुरुवातमा उनी पहिलो रोजाईको टोलीबाट खेल्ने हतारोमा थिए । तर, उनलाई ऋणमा नेदरल्यान्डस्को विलेम पठाइयो । यही उनले आफ्नो क्षमता देखाए । 

सन् २००५ यता पहिलोपटक क्लबलाई डच कपको फाइनलमा पु¥याउने उनले बराबरी गोल गरेका थिए । त्यस्तै केएनभीबी कपको सेमिफाइनलमा एजेट् अल्कमारविरुद्ध निर्णायक पेनाल्टी गोल गरे । यसक्रममा उनले केही किर्तिमान बनाए । लिग म्याचमा फोर्टुना सिटार्डविरुद्ध जित दिलाउने क्रममा उनले पेनाल्टीबाटै तीन गोल गरे, डच लिगमा यसरी एकै खेलमा पेनाल्टीबाट तीन गोल गर्ने उनी पहिलो खेलाडी हुन् । उनले यस क्लबका तर्फबाट खेलेका  सुरुवाती १२ खेलमा १२ गोल गरे, डच लिगमा यस्तो किर्तिमान बनाउने उनी पहिलो विदेशी खेलाडी हुन् । 

ला–लिगा स्टार 

२०१९–२० डर्टमुन्डले ९० लाख पाउन्डमा उनलाई रियल सोसिडाडमा बेच्यो । उनले सोसिडाडसँग पाँच वर्षे सम्झौता गरे । 

ला–लिगामा उनले पहिलो सिजन रियल म्याड्रिडविरुद्ध कोपा डेल रेको क्वाटरफाइनलमा निकै उत्कृष्ट खेले, सोसिडाडले ३–१ को विजय हा पारेकोे यस खेलमा उनले दुई गोल गरेका थिए भने अर्को एक गोलका लागि पास मिलाईदिएका थिए । 

तीन दिनपछि उनले एथलेटिको बिल्बाओविरुद्धको लिग खेलमा निर्णायक गोल गरे । कोपा डेल रेको फाइनलमा पनि बिल्वालाई हराएर सोसिडाडले उपाधि जित्यो । यस प्रतियोगितामा उनले सर्वाधिक ७ गोल गरेका थिए ।  

गत सिजन इसाकको प्रदर्शन अझै उत्कृष्ट रह्यो । उनले ला–लिगामा १७ गोल गरे । यसक्रममा अर्को इतिहास पनि तोडियो । डिपोर्टिभो अल्लाभ्सविरुद्ध सोसिडाडले ४–० को जित निकाल्दा उनले ह्याट्रिक गरेका थिए ।  हेनरी कार्लस्सनपछि ला–लिगामा ह्याट्रिक गर्ने उनी पहिलो स्वीडिस खेलाडी बने । कार्लस्सनले एथलेटिको म्याड्रिडका लागि १९४९ मा यस्तो उपलब्धि हासिल गरेका थिए । 

www.thesun.co.uk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप