सरकारी वकिलको जिकिर– फरक पार्टीको नेतालाई समर्थन गर्ने छुट दिए मुलुक अस्थिरतामा जान्छ

नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले दलको म्यान्डेट विपरीत अर्को दललाई समर्थन गर्ने छुट सांसदहरुलाई दिँदा मुलुक अस्थिरतामा जाने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि मंगलबार संवैधानिक इजलासमा बहस गर्दै उनले सांसदहरु दलको म्यान्डेटअनुसार नै रहनुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग लिएर आफ्नो दलको म्यान्डेट विपरित अर्को दलको नेतालाई जसरी समर्थन गरिएको छ, त्यो छुट सांसदहरुलाई दिने हो भने हामी स्थिरतातर्फ जाँदैनौं ।’ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सिफारिस गर्दै नेकपा एमाले र राजपाका सांसदहरुले समेत हस्ताक्षर गरेको भन्दै उनले उनीहरुलाई दलको म्यान्डेट विपरीत सो अधिकार दिएमा मुलुक अस्थिरतातर्फ जाने तर्क गरे ।
प्रधानमन्त्री पदमा रहन वा हट्न विश्वासको मत लिनुपर्ने उल्लेख गर्दै कोइरालाले संविधानको धारा ७६ (३) अनुसार नियुक्त केपी ओलीले ‘मैले बाटो छाडेँ’ भनिसकेपछि विश्वासको मत लिनु नपर्ने जिकिर गरे ।
‘उहाँले छाड्नुभयो तर, राजनीतिले फरक रुप लिएपछि उपधारा ५ मा जानुपर्ने अवस्था आयो,’ कोइरालाले भने, ‘प्रधानमन्त्री विश्वस्त हुनुभयो, बहुमत पुग्ने आधार देखेर उहाँले फेरि दाबी गर्नुभएको हो ।’ दलको निर्देशन पालना नगरे कारवाही हुने ब्यवस्था दल सम्बन्धी ऐनमा रहेको उल्लेख गर्दै उनले संविधानको धारा ७६ को उपधारा ५ मा पनि ह्वीप लाग्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सम्झौतामा नपरेपछि क्लासेनको अन्तर्राष्ट्रिय खेलजीवन अन्योलमा
-
एक घण्टा ढिलो गरी प्रधानमन्त्री ओली जकनपुरमा ‘ल्यान्ड’, प्रदेशसभामा सुरक्षा व्यवस्था कडा
-
दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा
-
ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब
-
लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा