नेप्सेमा ४७.४९ अंकको गिरावट, कारोबार रकम पनि ६ अर्बमा खुम्चियो
मङ्गलबार, १५ असार २०७८, १५ : २९
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७.४९ अंकले गिरावट आउँदै २८२८.०० विन्दुमा झरेको हो ।
यस यदि ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ९ अंकले घट्दै ५२३.७० विन्दुमा झर्न पुगेको छ । यस दिन ठूलो अंकले नेप्सेमा गिरावट आउँदै गर्दा यता कारोबार रकम समेत ६ अर्बमा खुम्चिन पुगेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ७५ हजार ८८० पटक किनबेच हुँदा कुल ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूह ऋणात्मक भएका छन् । यस समूहको सूचक २६.४ अंकले वृद्धि हुँदा मंगलबार सो समूहको नेप्से परिसूचक ०.५१ विन्दुले बढ्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पढ्न जानेहरुले ५ महिनामा खर्चिए ४७ अर्ब ३४ करोड
-
यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ