विश्व प्रसिद्ध अटोमोबाइल कम्पनी फोटोनले बेच्यो साढे ३ लाख युनिट गाडी
मङ्गलबार, १५ असार २०७८, १५ : १८

चाइनिज अटोमोबाइल कम्पनी फोटोको प्रसिद्ध कारको बिक्री ६ महिनामा ३६.८ प्रतिशतले वृद्धि भएको छ । फोटो ग्लोबलका अनुसार १ जनवरी, २०२१ देखि १ मे, २०२१ सम्ममा कम्पनीले ३ लाख ५० हजार गाडी बेच्न सफल भएको हो ।
कम्पनीका अनुसार हालसम्म विश्वभरबाट फोटोनाका २ हजार भेरियन्टका १ करोडभन्दा बढी कमर्सियल भेहिकलहरु बिक्री वितरण गर्न सफल भएको छ । फोटोन विगत १५ वर्षदेखि चाइनाको नम्बर कमर्सियल भेहिकल उत्पादक कम्पनीको रुपमा रहँदै आएको छ भने हाल १५ वटा देशमा फ्याक्ट्री राखि गाडी उत्पादन गर्दै ७९ देशहरुमा विक्री वितरण गरिरहेको छ ।
सोही कम्पनीले नेपालमा पनि एमएडब्लु ग्रुप र वृद्धि ग्रुप बीचको ज्वाइन्ट भेन्चरमा फोटोनका गाडीहरु विक्री वितरण हुँदै आएको छ । हाल नेपाली बजारमा फोटोनका टुनल्याण्ड पिकअप र लग्जरी माइक्रो भ्यानको दमदार उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो
-
निर्माणाधीन पुल खस्दा दक्षिण कोरियामा चार जनाको मृत्यु
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
-
बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग
-
छात्रवृत्तिका लागि कम आवेदन पर्यो, प्रधानमन्त्रीद्वारा आह्वान