बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व प्रसिद्ध अटोमोबाइल कम्पनी फोटोनले बेच्यो साढे ३ लाख युनिट गाडी

मङ्गलबार, १५ असार २०७८, १५ : १८
मङ्गलबार, १५ असार २०७८

चाइनिज अटोमोबाइल कम्पनी फोटोको प्रसिद्ध कारको बिक्री ६ महिनामा ३६.८ प्रतिशतले वृद्धि भएको छ । फोटो ग्लोबलका अनुसार १ जनवरी, २०२१ देखि १ मे, २०२१ सम्ममा कम्पनीले ३ लाख ५० हजार गाडी बेच्न सफल भएको हो । 
कम्पनीका अनुसार हालसम्म विश्वभरबाट फोटोनाका २ हजार भेरियन्टका १ करोडभन्दा बढी कमर्सियल भेहिकलहरु बिक्री वितरण गर्न सफल भएको छ । फोटोन विगत १५ वर्षदेखि चाइनाको नम्बर कमर्सियल भेहिकल उत्पादक कम्पनीको रुपमा रहँदै आएको छ भने हाल १५ वटा देशमा फ्याक्ट्री राखि गाडी उत्पादन गर्दै ७९ देशहरुमा विक्री वितरण गरिरहेको छ । 

सोही कम्पनीले नेपालमा पनि एमएडब्लु ग्रुप र वृद्धि ग्रुप बीचको ज्वाइन्ट भेन्चरमा फोटोनका गाडीहरु विक्री वितरण हुँदै आएको छ । हाल नेपाली बजारमा फोटोनका टुनल्याण्ड पिकअप र लग्जरी माइक्रो भ्यानको दमदार उपस्थिति रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप