शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हुलाक सेवा विभागका चिठ्ठीपत्र ओसारपसार अब नेपाल एयरलाइन्सले गर्ने

मङ्गलबार, १५ असार २०७८, १५ : ११
मङ्गलबार, १५ असार २०७८

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसारपसार गर्ने सम्वन्धी सम्झौता भएको छ । 

सन् २०२१ जुलाई १ देखी लागु हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगम  मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् । 

यस अघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल वायुसेवा निगमको तर्पmबाट महाप्रबन्धक डिम प्रसाद पौडेल र हुलाक सेवा विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप