अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली राष्ट्रपतिबीच फोनवार्ता

person explore access_timeअसार १५, २०७८ chat_bubble_outline0

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गरेका हुन् । उनीहरुबीच अमेरिका र इजरायल बीचको द्धिपक्षीय हितका साथै अन्य कूटनीतिक विषयहरुमा कुराकानी भएको बताइएको छ ।

हाल इजरायलका राष्ट्रपति रिभलिन अमेरिकाको भ्रमणमा रहेका छन् । सो भेटका क्रममा उनीहरु बीचमा इरानका विषयमा पनि कुरा भएको थियो । इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली राष्ट्रपतिलाई सुनिश्चित गराएका थिए ।

त्यस भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलाई छिट्टै नै अमेरिका भ्रमणका लागि आमन्त्रण गर्ने जानकारी पनि दिनुभएको थियो । त्यसक्रममा उहाँले यस क्षेत्रमा इजरायलको अरु देशहरुसँगको सम्बन्धलाई सामान्य बनाउने विषयमा पनि कुराकानी गर्नुभएको थियो । अमेरिकाले सो कार्यका लागि इजरायललाई सहयोग गर्ने पनि बताएका थिए ।

उहाँको आगामी महिना राष्ट्रपति पदको कार्यकाल सकिन लागेको छ । त्यस अगावै उहाँ अहिले अमेरिकाको भ्रमणमा रहनुभएको छ ।  इजरायलमा राष्ट्रपतिको पद आलंकारिक रहन्छ । त्यहाँ राष्ट्रपतिको कार्यकारी अधिकार थोरै मात्र रहेको छ । –सिन्ह्वा
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।