शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुटेराले टाउकोमा बन्दुक तेर्साएर फोन–सिक्री खोसे, तर पनि आनन्दले ‘चिकेन’ खाइरहे यी व्यक्ति (भिडियो)

मङ्गलबार, १५ असार २०७८, १३ : ३८
मङ्गलबार, १५ असार २०७८

टिम इन्डियाका खेलाडी एम एस धोनी दबाबका बेला पनि ‘कूल’ हुन्छन् भन्ने आम धारणा छ । यसै गरी बिन्दास भएका कारण एक व्यक्ति  सोसल मिडियामा निकै भाइरल भइरहेका छन् । लूटपाटबीच पनि शान्तिपूर्वक खाना खाइरहेका यी व्यक्तिको भिडियो ट्रेन्डमा छ ।

यो भिडियोमा देख्न सकिन्छ कि लुटेरासँग एउटा पिस्टोल छ । उनले हावामा पिस्तोल हल्लाउँछन् र रेष्टुरेन्टमा भएका मानिसहरुसँग उनीहरुका महँगा सामान माग्छन् । यतिबेला एक व्यक्ति आरामले चिकेन विङ्ग्स खाइरहेको देख्न सकिन्छ ।

ती लुटेरा त्यसपछि यी व्यक्ति भएठाउँ पुग्छन् र उनको सिक्रि तान्छन् तर यी व्यक्ति न त डराउँछन् न नै कुनै प्रकारको विरोध गर्छन् । यी व्यक्ति कुनै प्रतिक्रिया बिना नै आफ्नो खानामा मस्त देखिन्छन् । भिडियो हेर्दा यस्तो लाग्छ कि यी व्यक्तिलाई आफ्नो खानाबाहेक अन्य कुनै कुराको वास्ता छैन ।

त्यसपछि लुटेराले यी व्यक्तिको फोन पनि माग्छन् । यसपटक पनि उनी नडराई आरामले आफ्नो फोन यी व्यक्तिलाई दिन्छन् र आफ्नो खानामा नै केन्द्रीत हुन्छन् ।

यी व्यक्तिको व्यवहार त्यहाँ भएका अन्य मानिसहरुभन्दा भिन्न थियो । जहाँ एकातिर थुप्रै मानिसहरु यो चोरलाई देखेर भाग्ने र लुक्ने कोसिस गरिरहेका थिए भने केही मानिसहरु यस्ता पनि थिए जो आफ्नो महँगा सामान लुकाउने कोसिस गरिरहेका थिए ।

यी चोर यी व्यक्तिको मोबाइलबाहेक यो रेष्टुरेन्टबाट अन्य केही महँगा सामान लिएर भागेका थिए । यो घटनापछि मानिसहरु निकै डराइरहेका देखिन्थे भने लुटपाटपछि पनि यी व्यक्ति आफ्नो चिकन विङ्ग्स खान मस्त थिए ।

यद्यपि, यो लुटपाट कहाँ भएको थियो भन्ने स्पष्ट जानकारी भने छैन । सिसिटिभी फुटेजका अनुसार यो घटना १७ जून राती करिब १० बजेको हो । यो लुटपाट स्प्यानिस बोल्ने कुनै देशमा भएको मानिन्छ ।

यी व्यक्तिको ‘कूल’ व्यवहारका कारण सोसल मिडियामा थुप्रै मानिसहरुले कमेन्ट गरेका छन् । एक सोसल मिडिया प्रयोगकर्ताकाले भने, ‘यदि म चोर भएको भए र यी व्यक्ति आफ्नो फोन गुमाएपछि पनि यति रिल्याक्स हुन्छन् भने मलाई यो देखेर निकै डर लाग्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप