फिल्म ‘द आर्टिष्ट’ सार्वजनिक
मङ्गलबार, १५ असार २०७८, १२ : ५४
कोरोनाको कारण फिल्म हल बन्द भएकोले केही फिल्म डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिएका छन् । यस्तैमा फिल्म ‘द आर्टिष्ट’ समेत नेट टिभीमा रिलिज गरिएको छ । जीवन शाहीको निर्देशन रहेको फिल्मका निर्माता टीकाध्वज थापा ‘रमेश’ हुन् । कोरोना भाइरसको संक्रमणका कारण हलमा प्रदर्शन गर्न असमर्थ भएपछि नेट टीभीमार्फत दर्शकमाझ फिल्म ल्याइएको निर्माता थापाले बताए ।
सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेशकुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, खुस्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धीरेन्द्र श्रेष्ठ लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ । हरि न्यौपानेको छायाँंकन तथा वीरेन्द्र भाटको सम्पादन रहेको फिल्मले कलाकार बन्ने सपना बोकेर फिल्म क्षेत्रमा आउनेको कथा देखाउन खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै