शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्डेन बुटको दौड : यी खेलाडीले उछिन्न सक्छन् रोनाल्डोलाई

मङ्गलबार, १५ असार २०७८, १२ : २२
मङ्गलबार, १५ असार २०७८

बेल्जियमसँग १–० ले पराजित भएर पोर्चुगल युरोकपबाट बाहिरिइसकेको छ । तर, पोर्चुगलका स्टार क्रिष्ट्रियानो रोनाल्डो जारी युरोमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पहिलो नम्बरमा छन् । उनले ५ गोल गरेका छन् । 

चेक गणतन्त्रका प्याट्रिक सिक रोनाल्डोपछि यो सुचीमा दोस्रो स्थानमा छन् । उनले चार गोल गरेका छन् । चेक गणतन्त्रले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्दा सिकले रोनाल्डोलाई उछिन्दै सर्वाधिक गोलकर्ता बन्ने र टोलीलाई खेल जिताउने लक्ष्य राख्नेछन् । 

फ्रान्सका करिम बेन्जामाले पनि स्विचरल्यान्डविरुद्ध दुई गोल गर्दै आफ्नो गोलसंख्या चार पु¥याएका थिए । तर, पेनाल्टी सुटआउटमा फ्रान्स ५–४ ले पराजित भएसँगै उनी सर्वाधिक गोलकर्ता बन्ने संभावना सकियो । 

स्विडेनका इमिल फोर्सवर्ग, स्विचरल्यान्डका हेरिस सेफेरोभिक र बेल्जियमका रोमेलु लुकाकु पनि सर्वाधिक गोलकर्ताको दौडमा छन् । यी तीनैजनाले तीन–तीन गोल गरेका छन् र टोलीलाई क्वाटरफाइनलमा पु¥याउन सहयोग गरेका छन् । 

पोल्यान्डका रोबर्ट लेवान्डोस्की र नेदरल्यान्डस्का जर्जिनियो विज्नाल्डुमले पनि ३–३ गोल गरेका छन् । तर, पोल्यान्ड र नेदरल्यान्डस्को चुनौती प्रतियोगितामा सकिइसकेको छ । त्यसकारण, यी खेलाडी पनि गोल्डेन बुटको दौडमा छैनन् । 

स्पेनका पाब्लो साराबिया र फरान टोरेस, इटलीका सिरो इम्मोबिल, माटियो पेसिना र म्यानुअल लोकाटोली, स्विचरल्यान्डका जर्दन साकिरी, स्विडेनका रोमन यारेमचुक, युक्रेनका आन्द्रे यार्मोलेन्कोले पनि २–२ गोल गरेका छन् । प्रतियोगितामा स्पेन, इटली र स्विचरल्यान्ड क्वाटरफाइनल पुगिसकेका छन् । आज युक्रेन र स्विडेनको खेल बाँकी छ । 

त्यसैले, यी खेलाडीलाई पनि गोल्डेन बुटको दाबेदारका रुपमा लिइएको छ । 

रोनाल्डोका नाममा यी किर्तिमान पनि 
रोनाल्डो युरोकपको इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । २००४ यता प्रतियोगिताका पाँच संस्करण खेल्दै उनले कुल १४ गोल गरेका छन् । यो किर्तिमान भने यसपटक कायमै रहने अपेक्षा गरिएको छ । 

त्यस्तै, अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने किर्तिमान पनि देई अली र रोनाल्डोको नाममा संयुक्त छ । अलीले ईरानका लागि १ सय ९ गोल गरेका थिए । रोनाल्डोले समूह चरणमा फ्रान्सविरुद्ध पोर्चुगलका लागि गोल गर्दै यो किर्तिमान बराबरी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप