यसरी मनाइयो १८ औं राष्ट्रिय धान दिवस, तस्बिरमा हेर्नुहोस्
‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोभिड–१९ को महामारीका बीच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान दिवस २०७८ मनाइएको हो ।
कार्यक्रममा मन्त्री नेम्वाङले नार्क परिसर खुमलटारको जग्गामा धान रोपेर औपचारिक रुपमा दिवस मनाएका छन् ।
कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला न्यून उपस्थितिमा मनाइएको यस पटकको धान दिवसका लागि कृषि विभागले आवश्यक प्रोटोकल समेत जारी गरेको थियो भने दिवसमा पहिले जस्तो सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रम नगरिने जनाएको थियो । सोही अनुसार सामान्य औपचारिक कार्यक्रम गरी यस पटकको धान दिवस मनाइएको छ ।
२७.१२ प्रतिशत रोपाइँ सकियो
असार १५ अर्थात् १८ औं धान दिवस मनाउँदै गर्दा आजसम्म मुलुक भरबाट कुल २७.१२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कुल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा असार १५ सम्ममा कुल ३ लाख ७१ हजार ९५८.६ हेक्टर क्षेत्रफलमा धान रोपाइ भइसकेको मन्त्रालयले जनाएको छ ।
यस्तो रोपाइ प्रदेश १ मा ४९ हजार ६२३.२५ हेक्टर अर्थात् १७.९९ प्रतिशत, प्रदेश २ मा ३८ हजार ५८६.८४ हेक्टर (१०.५५ प्रतिशत), बागमती प्रदेशमा २४ हजार २८८.४४ हेक्टर (२१.०७ प्रतिशत), गण्डकी प्रदेशमा १६ हजार ६१२.१९ हेक्टर (१५.३४ प्रतिशत), लुम्बिनी प्रदेशमा १ लाख ३९ हजार ४५६.४९ हेक्टर (४५.९४ प्रतिशत), कर्णाली प्रदेशमा २३ हजार ८५०.७ हेक्टर (६२.१४ प्रतिशत) र सुदूर पश्चिम प्रदेशमा ७९ हजार ५४०.७० हेक्टर (४८.३१ प्रतिशत) रोपाइ सम्पन्न भएको छ ।
उक्त तथ्याङ्क हिमाली, पहाडी र तराई क्षेत्रगत अनुसार उच्च पहाडी क्षेत्रमा १६ हजार १३५ हेक्टर अर्थात् ३३.४८ प्रतिशत रोपाइ भएको छ भने मध्य पहाडी क्षेत्रको कुल रोपाइँ हुने क्षेत्रको ३०.९५ प्रतिशत अर्थात् १ लाख ७ हजार ११५ हेक्टर र तराई क्षेत्रमा २५.४५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ७०८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष सोही समयमा कुल ४ लाख ८६ हजार ६६२.३ हेक्टर अर्थात् ३५.४८ प्रतिशत रोपाइ सम्पन्न भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष असार १५ सम्ममा कम रोपाइँ भएको देखिन्छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण