बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको डेल्टा भेरियन्टले ८५ देशमा खलबली मच्चायो : अष्ट्रेलिया, रुस र बंगलादेशमा नयाँ प्रतिबन्ध

मङ्गलबार, १५ असार २०७८, ११ : ५६
मङ्गलबार, १५ असार २०७८

नेपाललगायत भारतका थुप्रै शहर अनलक हुने प्रक्रिया सुरु भइरहेको छ । दिल्लीमा सोमबारदेखि जिम, योगा सेन्टर र ब्याङ्क्वेट हल खोल्ने सशर्त अनुमति दिइएको छ । हरियाणा सरकारले पनि केही प्रतिबन्धसहित आफ्ना मानिसहरुलाई सोमबारदेखि थोरै राहत दिने घोषणा गरेको छ ।

नेपालमा पनि आज सोमबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ । यहाँ पनि क्रमशः लुजडाउनको अवस्था छ ।

जानकारले तेस्रो लहर आउने चेतावनी दिँदै मास्क लगाउन र सामाजिक दुरीको पालना गर्न सल्लाह दिइरहेका छन् ।

यसैबीच संसारका यस्ता थुप्रै देश छन् जहाँ डेल्टा भेरियन्टका कारण कोरोना संक्रमणमा तीब्रता देखिएको छ ।

अष्ट्रेलियाः

सबैभन्दा ताजा उदाहरण अष्ट्रेलिया हो । सिड्नी शहरमा एकैसाथ डेल्टा भेरियन्टसँग सम्बन्धित १२८ संक्रमित भेटिइसकेका छन् । बढ्दो संक्रमणका कारण सिड्नीमा ९ जुलाईसम्म लकडाउन लागू गरिएको छ ।

यसबाहेक क्विन्सल्याण्ड र पश्चिमी अष्ट्रेलियामा एक साथ नयाँ पोजेटिभ केस देखिएको छ । थुप्रै महिनापछि एकैपटक थुप्रै शहरमा संक्रमित देखिएको यो पहिलो घटना हो ।

नयाँ खतरालाई मध्यनजर गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आपतकालीन बैठक बोलाएका छन् । चार राज्यले आफ्नो सीमा सील गरेर प्रतिबन्ध लगाउन सुरु गरेका छन् । सिड्नी र डार्विन शहरमा लकडाउन लागू गरिएको छ । नयाँ आदेशपछि करिब ५० लाख मानिस एकपटक पुनः आफ्नो घरमा बस्न बाध्य छन् ।

जोन हप्किन्सको कोरोना ड्यासबोर्डको आँकडा अनुसार पछिल्लो एक हप्तामा अष्ट्रेलियामा कोरोनाका १७३ नयाँ संक्रमित भेटिएका छन् । यो पछिल्लो १० महिनामा सबैभन्दा धेरै हो । यसअघि अघिल्लो वर्ष २३ अगस्ट र २९ अगस्टबीच १३५ संक्रमित भेटिएका थिए ।

यसवर्ष फेब्रुअरीपछि हरेक दिन भेटिने संक्रमितको औसत संख्या १० मा सिमित थियो । तर अब दैनिक ३०–४० संक्रमित भेटिने गरेका छन् । अष्ट्रेलियामा लगभग ४.७ प्रतिशत जनसंख्यालाई दुबै खोप लगाइसकिएको छ ।

रुसः

रुसमा संक्रमितको संख्यामा मात्रै वृद्धि भएको छैन, मृतकको संख्यामा पनि वृद्धि भइरहेका ेछ । २० जूनदेखि २६ जूनको हप्तामा कोरोना संक्रमणका कारण ३८०० भन्दा बढीको मृत्यु भएको छ ।

एक हप्तामा योभन्दा बढी मृत्यु यसअघि दर्ता गरिएको छैन । यतिबेला लगभग १.३२ लाख नयाा संक्रमित भेटिएका छन् । यसवर्ष जनवरीपछि रुसमा नयाँ संक्रमितमा लगातार कमी देखिएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार धेरैजसो संक्रमित डेल्टा भेरियन्टसँग सम्बन्धित बताइँदैछ । अष्ट्रेलिया, बेलायत, रुससमेत अब यो भेरियन्टको खतरा संस्रका ८५ देशमा क्रमशः बढिरहेको छ ।

यसैबीच खोपको कमीका कारण खोप अभियानको गति ढिलो भएको खबर सार्वजनिक भइरहेका छन् । रुसमा हालसम्म ११.५२ प्रतिशत जनसंख्याले खोपको दुबै डोज लगाइसकेका छन् ।

मस्कोसमेत केही इलाकामा प्रतिबन्ध लगाइँदैछ । यहाँ मानिसहरुलाई खोप लगाउनका लागि दबाब दिइँदैछ । तर यूरो सन् २०२० का लागि फुटबल प्रशंसकलाई स्वागत गरिरहेको सेन्ट पिटर्सबर्गमा अहिलेसम्म कडा कदम उठाइएको छैन ।

बंगलादेशः

 बंगलादेशमा पनि कोरोनाको कहर लगातार बढ्दो छ । २७ जूनमा यहाँ ११९ मानिसको कोरोना संक्रमणका कारण मृत्यु भयो ।

जोन होप्किन्सको कोरोना ड्यासबोर्डका अनुसार एकदिनमा यसअघि यतिधेरै मृत्यु पहिले कहिल्यै भएको थिएन ।

बढ्दो मामिलालाई माध्यनजर गर्दै बंगलादेशमा सोमबारदेखि तीन दिनको लकडाउन (सिमित प्रतिबन्धसहित) को घोषणा गरिएको छ । सार्वजनिक यातायात बन्छ छ र सरकारी र नीजि संस्थानमा सिमित संख्यामा कर्मचारी बोलाउने अनुमति दिइएको छ ।

मल र मार्केट बन्द छन् । खाद्य सामग्रीका पसल बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

थाइल्याण्ड र इन्डोनेशियाः

थाइल्याण्डको पनि बंगलादेशको झैं स्थिति छ । यहाँ पनि जूनको महिनासम्म ८८१ जनाको मृत्यु भइसकेको छ । यद्यपि, थाइल्याण्डमा संक्रमितको संख्या महिनौंदेखि बढ्न सुरु भएको थियो जुन अहिलेसम्म थामिने छाँटकाँट छैन । अहिले पनि दैनिक ३–४ खहजार नयाँ संक्रमित भेटिने गरेका छन् ।

इन्डोनेसियाको पनि स्थिति राम्रो छैन । २० जूनको हप्तामा इन्डोनेसियामा करिब २ हजारभन्दा बढी मानिसहरुको कोरोना संक्रमणका कारण ज्यान गयो । जनवरीपछि यो अहिलेसम्मको सबैभन्दा ठूलो आँकडा हो । हरेक हप्ता यहाँ करिब एक लाखभन्दा बढी मानिस संक्रमित पाइएका छन् ।

डेल्टा भेरियन्टको बढ्दो मामिलाका कारण बेलायती सरकारले जनतामाथि लागेको प्रतिबन्ध अब १९ जुलाईसम्म बढाइदिएको छ । यसअघि २१ जूनदेखि प्रतिबन्ध खुकुलो पारिने कुरा गरिएको थियो ।

बेलायतमा आइतबार कोरोनाका करिब १४ हजार नयाँ संक्रमित भेटिएका थिए । बेलायतमा अघिल्लो वर्ष डिसेम्बरदेखि खोप अभियानको सुरुवात गरिएको थियो । त्यसपछि जनवरीदेखि लगातार संक्रमितको संख्यामा कमी देखिएको छ । तर डेल्टा भेरियन्ट भेटिएपछि त्यहाँ दैनिक भेटिएका नयाँ कोरोना संक्रमितमा लगातारको वृद्धि देखिएको छ ।

इजराइलः

डेल्टा भेरियन्टका कारण बढ्दो संक्रमणको गती रोक्नका लागि सोमबार इजराइलका प्रधानमन्त्रीले १२ देखि १८ वर्षका बालबालिका र उनीहरुका अभिभावकलाई ९ जुलाईसम्म खोपको पहिलो डोज लगाउन अपिल पनि गरे । ९ जुलाईमा तीन हप्तापछि इजराइलमा यो उमेर समूहका लागि भ्याक्सिनको दोस्रो डोज लगाउन सुरु गरिनेछ ।

इजराइलले ५६ प्रतिशत जनसंख्यालाई कोरोना खोपको दुबै डोज लगाइसकेको दाबी गरेको छ । अप्रिल महिनामा खुल्ला स्थानमा मास्क लगाउन नपर्ने पनि घोषणा गरिएको थियो ।

कार्यालय र अन्य स्थानमा मास्क लगाउनै पर्ने अनिवार्य नियमलाई १५ जूनमा रद्द गरिएको थियो । तर हालै कुनै–कुनै दिनमा सयभन्दा बढी संक्रमित भेटिएका कारण इजराइलमा पुनः इनडोर सेटअपमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप