जीवन विकासको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
साढे १८ लाखले आवेदन दिइसके
मङ्गलबार, १५ असार २०७८, ११ : ०५
जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ ।
यसमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धकको काम गरेको छ । सोमबार साँझसम्म झण्डै साढे १८ लाख लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । यो हालसम्मकै उच्च आवेदन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान