मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

न्यू नर्मल : उपत्यकामा सञ्चालनमा आयो सार्वजनिक यातायात (फोटोफिचर)

मङ्गलबार, १५ असार २०७८, १० : ५८
मङ्गलबार, १५ असार २०७८


कोरोना महामारीका कारण लामो समयदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्न दिएको छ । सोमबारदेखि उपत्यकामा जोरबिजोरको आधारमा २५ सिटमाथिको सार्वजनिक यातायात र निजी सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन भएको हो । 


सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप