खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न अखिल नेपाल किसान महासंघको माग
अखिल नेपाल किसान महासंघले किसानलाई आवश्यक बिउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।
असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा किसानहरुलाई शुभकामना व्यक्त गर्दै महासंघले देशभर बाढी, पहिरो तथा कोभिडको महामारीबाट प्रताडित किसानका लागि विशेष राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरेको छ ।
महासंघले किसानलाई संगठित गर्ने, परिचालन गर्ने, प्रशिक्षित गर्ने, किसान मैत्री नीति कार्यक्रमका लागि हस्तक्षेप गर्ने तथा कृषि पेसालाई रोजगारीमुलक, आयमुलक र सम्मानित पेसाको रुपमा विकास गर्दै आम किसानको जीवनमा समृद्धि ल्याउने दिशामा अत्यन्त महत्वका साथ आफू निरन्तर क्रियाशील रहेको र विभिन्न संवैधानिक, नीतिगत र कार्यक्रमिक उपलब्धिहरु समेत हासिल गरेको स्मरण गराएको छ ।
महासंघका महासचिव बलराम बास्कोटाद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तर दुर्भाग्य अहिलेको सरकार ती उपलब्धिलाई सिध्याउन निरन्तर लागिरहेको छ । नेपाली किसानको उपेक्षा गर्ने र किसान आन्दोलनलाई विभाजित गर्ने विविध खालका गतिविधिहरु भइरहेका छन् ।’
सरकारले लगातार किसान विरोधी निर्णयहरु गर्दै आएको महासंघको आरोप छ । सरकारले किसानको चाहना विपरीत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरुमा विदेशी लगानी भित्र्याउने, जनताको खाद्य सम्प्रभूताको हकलाई बनेको कानुन अनुसार लागु गर्नु पर्नेमा उल्टो साम्राज्यवादीहरुसँगको साँठगाँठमा नवउदारवादी निगमीय खेतीको वकालत गर्ने, नेपालमा कृषि भूमिको कित्ताकाट खुल्ला गर्ने, भूमि बैंक, करार खेती, कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने, प्रतिबन्धित गरेका अनुवंश परिवर्तित बिउ र खाद्यान्नलाई खुला गर्ने उद्देश्यका साथ विभिन्न नीतिकार्यक्रमहरु अघि सारेको आरोप पनि महासंघले लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी प्रतिगामी सरकारबाट जनताको खाद्य सम्प्रभुताको हक, नेपाली साना किसान र कृषि अर्थतन्त्रको विरुद्ध भएको यस प्रकारका षड्यन्त्रपूर्ण कदमलाई तत्काल सच्याउन तथा जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न जोडदार माग गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म