बेलायतमा संक्रमण दर एक सातामा झन्डै ७० प्रतिशतले वृद्धि
लन्डन। बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो ।
कोरोना संक्रमणका कारण एकैदिन झन्डै २३ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् ।
यो संख्या गत जनवरी ३० तारिख पछिको सबैभन्दा बढी हो । एक साताभित्र ६९ दशमलव ९ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४७ लाख ५५ हजार ७८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३ जनाको मात्र मृत्यु भएको छ । संक्रमण दरमा वृद्धि भएपनि मृतक संख्यामा भने खासै फरक परेको छैन । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार १०३ पुगेको छ ।
बेलायतमा ७ करोड ७० लाख भन्दा बढी खोप वितरण
बेलायतमा ७ करोड ७० लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुन २८ सम्मको तथ्यांक अनुसार यहाँ ६१ दशमलव ९ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८४ दशमलव ४ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ७० लाख ३८ हजार २५७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ४४ लाख ५४ हजार ५११ जनाले पहिलो र तीन करोड २५ लाख ८३ हजार ७१६ जनाले दोस्रो डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण