प्रतिस्पर्धाबाटै नेशनल हाइड्रोपावरले पायो तल्लो इन्द्रावती
लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले पाएको छ । विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरूबाट गुमेको आयोजना पुनः फिर्ता आएको हो ।
आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नु अगाडि आयोजनाले रु ६५ करोड बराबरको लगानी गरिसकेको थियो । थप रु ३५ करोड बराबरको लगानी गरिए आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ ।
विभागले प्रतिस्पर्धाका आधारमा नेशनल हाइड्रो पावरलाई सो आयोजना उपलब्ध गराएको हो । कम्पनीले अब आयोजना निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) प्रक्रियाबाट अगाडि बढाउनेछ । कम्पनीले ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो आयोजना सञ्चालन गरिरहेको छ । सोही कम्पनीले भोजपुरमा १४ मेगावाट क्षमताको इरखुवा खोला जलविद्युत् आयोजना निर्माण शुरु गरिसकेको छ भने कास्कीमा १२ मेगावाट क्षमताको मादी खोलाको समेत काम अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे