बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण
बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो । अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोबारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको शेयर बिक्रीमा अधिक बिक्री चाप पर्यो ।
आज बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता रु ७९० मा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको शेयरमा प्रतिकित्ता रु ११० को उतारचढाव देखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा युनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
सोमबार ५.११ बिन्दुले बढेर नेप्से दुई हजार ८७५.४९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ बिन्दुले बढेर ५३३.५७ मा पुगेको छ । कूल २१९ कम्पनीको एक करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर रु सात अर्ब ७२ करोड ५छ लाख १२ हजार ७१६ मा खरिद बिक्री भए । सोमबारको कारोवार पछि बजार पूँजीकरण रु ३९ खर्ब ९४ अर्ब ७५ करोड ९५ लाख ८३ हजार ८७ बराबर पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूह मध्ये सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.९५, होटल तथा पर्यटन २०.२७, लघुवित्त ११४.४, जीवन बीमा १४.०६, सामूहिक लगानी कोष ०.०२ र लगानी २.३५ बिन्दुले उकालो लाग्यो । यस्तै, व्यापार ३२.३२, विकास बैंक ७०.५८, जलविद्युत् ६५.९५, वित्त ५६.७, निर्जीवन बीमा ३७.२७, उत्पादन १२.४८ र अन्य उपसमूहको शेयर ३.९ बिन्दुले ओरालो लाग्यो ।
कारोबारका आधारमा नेपाल इन्स्योरेन्स रु ५२ करोड २४ लाख ८४ हजार ३५९, राधी विद्युत् कम्पनी रु ५२ करोड सात लाख ५९ हजार ९९१, एनआइसी एशिया बैंक रु ५० करोड २५ लाख १७ हजार ६१३ र सेञ्चुरी बैंक रु २८ करोड ६१ लाख ३४ हजार ९९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
लगानीकर्ताको आकर्षण देखिएको लघुवित्त उप समूहकै सबैको लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ८.१७ प्रतिशतले कमाए । त्यस्तै, सिभिल लघुवित्त ८.०७, एचआइडिसिएल ७.६३, सिटिजन म्युअल फण्ड ४.९३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.६९ प्रतिशतले कमाए ।
त्यस्तै, वेष्ट फाइनान्स ५.४८, रिलायन्स फाइनान्स ४.९८, राधी विद्युत् कम्पनी ४.६८, आइसिएफसी फाइनान्स ४.५३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.४२ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पढ्न जानेहरुले ५ महिनामा खर्चिए ४७ अर्ब ३४ करोड
-
यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ