कास्कीमा पनि निषेधाज्ञा खुकुलो, सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा चल्ने
कास्कीमा जिल्ला प्रशासन कार्यालयले असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । कोभिड १९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएपछि प्रशासनले लगाएको निषेधाज्ञा, सङ्क्रमण र मृत्युदरमा केही कमी आए पनि अपेक्षाकृत नियन्त्रण भइनसकेकाले विभिन्न सेवा खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण मृत्युदर केही घटे पनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले यस पटक केही खुकुलो बनाएको छ । जसअनुसार अब सार्वजनिक सवारीहरू समेत गुड्ने भएका छन् । स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर जोर र बिजोर प्रणालीमा भाडाका सवारी समेत सञ्चालन गर्न सकिने कास्कीका प्रमुख जिल्ला अधिकारी थालेश्वर गौतमले जनाकारी दिए ।
त्यसैगरी यस अघि बिहान ५ बजेदेखि १२ बजेसम्म पसल व्यवसाय सञ्चालन हुँदै आएकोमा मंगलबारको मध्यरातदेखि खाद्यान्न बिहान ५ देखि साँझ ६ बजेसम्म र खाद्यान्न बाहेकका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए ।
निजी सवारी साधन पनि अहिले जस्तै जोरबिजोरका आधारमा सञ्चालन हुने बताइएको छ । निजी सवारीसाधन अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारी साधनहरू तथा सार्वजनिक सवारीसाधन जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी मात्र चल्नेछन् ।
साना निजी सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्नु पर्ने छ। निजी चार पाङ्ग्रेले चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ । सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्डहरू पुरा गरेर सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।
प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सै घण्टा खुला रहन पाउने छन् । तर, निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया तथा खाजा पसल, क्लब, डान्स बार, दोहोरी साँझ, फन पार्क, रङ्गशाला, फुटसल, खेलकुद स्थल,स्वीमिङ पुल, ब्युटी पार्लर, शैलुन र फुटपाथ पसल लगायतका व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्रीका पसल, तरकारी, पानी, फलफूल आदि बिहान ५ बजे देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
यस बाहेकका व्यवसाय बिहान ११ बजे देखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं सङ्कलन केन्द्रमा पुर्याउन र बिक्री वितरण गर्न पाइनेछ ।
सबै प्रकारका शैक्षिक संस्थाहरू भौतिक रूपमा उपस्थित भएर सञ्चालन नगरी अनलाइन रूपमा सञ्चालन गर्न सकिने जनाइएको छ ।
विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरू पार्टी प्यालेस तथा होटेलमा सञ्चालन गर्न पाइने छैन । पूर्व निर्धारित विवाह कार्यक्रम गर्दा तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरी १५ जना भन्दा बढी सहभागी हुन नपाइने बताइएको छ ।
प्रत्यक्ष संलग्न भई गर्नु पर्ने मृत्यु संस्कार बाहेकका अन्य गतिविधिमा संलग्न हुन पनि प्रशासनले रोक लगाइएको छ ।
अनलाइन डेलिभरी तथा होम डेलिभरी सेवा निश्चित मात्रामा स्वास्थ्य मापदण्ड पूरा गरी बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तुहरू नजिकको पसलबाट मात्र खरिद गर्न पाइने भएको छ ।
निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरूले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न सक्ने छन् । बैङ्क तथा वित्तीय संस्थाहरूले आवश्यक सेवाको लागि सीमित कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न पाउने छन् ।
कास्कीमा गत वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा