रामचन्द्रसँग शेखर कोइरालाको प्रस्ताव : म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस्

नेपाली काँग्रेस नेता डा.शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सोमबार बिहान ९ बजे १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न कोइराला पौडेल निवास बोहोराटार पुगेका थिए । स्रोतका अनुसार सभापतिका दाबेदार कोइरालाले पौडेललाई पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
कोइरालाको भनाई उदृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस् ।’ तर पौडेलले कोइरालासँग अन्तिमपटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
आफू एकपटक पार्टी सभापति र प्रधानमन्त्री बन्न चाहेको पौडेलको भनाइ थियो । भेटघाटमा पौडेल र कोइरालाबीच क्रियाशील सदस्यताको विवाद समाधानका विषयमा पनि छलफल भएको थियो । सभापतिका आधा दर्जन बढी आकांक्षी देखिएको संस्थापन इत्तर पक्षमा १४ औं महाधिवेशनको तयारीसँगै भेटघाटले तीव्रता पाएको छ ।
शेखरसँगको भेटपछि पौडेल काँग्रेस नेतृ सुजाता निवास मण्डिखाटारमा पुगेका थिए । त्यहाँ पौडेल, सुजाता र कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेपछि इत्तर पक्षमा पनि चहलपहल बढेको छ ।
साथै निधिले इत्तर पक्षका महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहसँग छलफल थालेका छन् । जसले काँग्रेस वृत्तमा तरंग फैलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले गम्भीर चुनौती
-
१० बजे १० समाचार : पूर्वउपराष्ट्रपति पासाङ बने माओवादीको उपाध्यक्षदेखि रवि लामिछानेलाई पक्राउ गर्न किन हतारसम्म
-
रहेनन् अग्रज पत्रकार भैरव रिसाल
-
देशभरका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने
-
चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
-
नाडा र नाइमाको संयुक्त भनाइः सहअस्तित्वसहित अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछौ