बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्रसँग शेखर कोइरालाको प्रस्ताव : म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस्

सोमबार, १४ असार २०७८, २१ : १२
सोमबार, १४ असार २०७८

नेपाली काँग्रेस नेता डा.शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सोमबार बिहान ९ बजे १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न कोइराला पौडेल निवास बोहोराटार पुगेका थिए । स्रोतका अनुसार सभापतिका दाबेदार कोइरालाले पौडेललाई पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । 

कोइरालाको भनाई उदृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस् ।’  तर पौडेलले कोइरालासँग अन्तिमपटक आफूलाई सहयोग गर्न आग्रह गरेका  थिए ।

आफू एकपटक पार्टी सभापति र प्रधानमन्त्री बन्न चाहेको पौडेलको भनाइ थियो । भेटघाटमा पौडेल र कोइरालाबीच क्रियाशील सदस्यताको विवाद समाधानका विषयमा पनि छलफल भएको थियो । सभापतिका आधा दर्जन बढी आकांक्षी देखिएको संस्थापन इत्तर पक्षमा १४ औं महाधिवेशनको तयारीसँगै भेटघाटले तीव्रता पाएको छ ।

शेखरसँगको भेटपछि पौडेल काँग्रेस नेतृ सुजाता निवास मण्डिखाटारमा पुगेका थिए । त्यहाँ पौडेल, सुजाता र कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेपछि इत्तर पक्षमा पनि चहलपहल बढेको छ ।

साथै निधिले इत्तर पक्षका महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहसँग छलफल थालेका छन् । जसले  काँग्रेस वृत्तमा तरंग फैलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप