तीन पूर्व प्रधानमन्त्रीले गरे ९२ वर्षका अधिवक्ता भण्डारीको प्रशंसा
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तीन पूर्व प्रधानमन्त्रीहरुले प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा बहस गर्दै आएका ९२ वर्षका भण्डारीले संविधान रक्षाका लागि भण्डारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । सोमबार नयाँ बानेश्वरमा ५ दलको विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भण्डारीलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बृद्धाअवस्थामा पनि संविधान रक्षाका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरे ।
उनले बृद्धाअवस्थाको मान्छे कार्यक्रमको अन्त्यसम्म पनि सबैका कुरा अभिरुचिपूर्वक सुन्दै बसेको भन्दै धन्यवाद दिए । यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा माधवकुमार नेपालले पनि भण्डारीको भूमिका प्रेरणादायी भएको बताए ।
भण्डारीले लोकतन्त्र र संविधान रक्षाका लागि राजनीतिक दलहरूलाई एकजुट हुन सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु