मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

तीन पूर्व प्रधानमन्त्रीले गरे ९२ वर्षका अधिवक्ता भण्डारीको प्रशंसा

सोमबार, १४ असार २०७८, २० : ५५
सोमबार, १४ असार २०७८

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तीन पूर्व प्रधानमन्त्रीहरुले प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा बहस गर्दै आएका ९२ वर्षका भण्डारीले संविधान रक्षाका लागि भण्डारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । सोमबार नयाँ बानेश्वरमा ५ दलको विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भण्डारीलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बृद्धाअवस्थामा पनि संविधान रक्षाका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरे । 

उनले बृद्धाअवस्थाको मान्छे कार्यक्रमको अन्त्यसम्म पनि सबैका कुरा अभिरुचिपूर्वक सुन्दै बसेको भन्दै धन्यवाद दिए । यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा माधवकुमार नेपालले पनि भण्डारीको भूमिका प्रेरणादायी भएको बताए । 
भण्डारीले लोकतन्त्र र संविधान रक्षाका लागि राजनीतिक दलहरूलाई एकजुट हुन सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप