अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको योजना कार्यान्वयन : मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको न्युनस्तरको स्वास्थ्य अवस्था सुधार्ने योजनाका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी कार्यान्वयनमा ल्याइएको बताएका छन् । सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री पौडेलले फरक शैलीको स्वास्थ्य सेवा, शैक्षिक गतिविधि र अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको आगामी योजना र कार्यक्रमहरु कार्यान्वयन गरिएको उनले बताए ।
संघीय सरकारको सातै प्रदेशमा प्रतिष्ठान स्थापना गर्ने अवधारणा अनुरुप देशमा नै पहिलो प्रतिष्ठानको रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न सफल भएको उनले बताए । प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा उक्त प्रतिष्ठानको काम अघि बढाइएको उनले बताए ।
प्रतिष्ठान मातहत आएलगत्तै हेटौंडा अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरीयतामा धेरै फरक आएको भन्दै आगामी दिनमा प्रदेश सरकार मातहतका सबै अस्पतालका सेवालाई गुण स्तरीय बनाउँदै लैजाने योजना रहेको बताए । प्रदेशभित्र संचालनमा रहेका अन्य अस्पताललाई समेत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आउन खुल्ला गरिएको उनले बताए ।
प्रदेशका जनताको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भिर रहेको भन्दै मुख्यमन्त्री पौडेलले अस्पतालको सेवा सुविधा विस्तार र गुणस्तरीयतालाई क्रमशः सुधार गर्दै लैजाने बताए । हेटौंडा अस्पताललाई भौतिक पूर्वाधार र यन्त्र उपकरण सम्पन्न बनाएर ५ सय शैयाको अस्पतालमा स्तरोन्नती गर्दै आम नागरिकहरूमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उल्लेख गरे । आगामी वर्षमा नै प्रतिष्ठानमार्फत एमबीबीएसको अध्ययनको सुरुवात गर्ने लक्ष्यसहित काम भइरहेको र यसले सिंगो प्रदेशलाई नै प्रतिनिधित्व गर्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?
-
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको तयारी
-
च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोलीसँग जोडिए पाकिस्तानका पूर्वकप्तान
-
‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने