शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको योजना कार्यान्वयन : मुख्यमन्त्री पौडेल

सोमबार, १४ असार २०७८, १९ : २४
सोमबार, १४ असार २०७८

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको न्युनस्तरको स्वास्थ्य अवस्था सुधार्ने योजनाका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी कार्यान्वयनमा ल्याइएको बताएका छन् । सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री पौडेलले फरक शैलीको स्वास्थ्य सेवा, शैक्षिक गतिविधि र अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको आगामी योजना र कार्यक्रमहरु कार्यान्वयन गरिएको उनले बताए ।

संघीय सरकारको सातै प्रदेशमा प्रतिष्ठान स्थापना गर्ने अवधारणा अनुरुप देशमा नै पहिलो प्रतिष्ठानको रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न सफल भएको उनले बताए ।  प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा उक्त प्रतिष्ठानको काम अघि बढाइएको उनले बताए । 

प्रतिष्ठान मातहत आएलगत्तै हेटौंडा अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरीयतामा धेरै फरक आएको भन्दै आगामी दिनमा प्रदेश सरकार मातहतका सबै अस्पतालका सेवालाई गुण स्तरीय बनाउँदै लैजाने योजना रहेको बताए ।  प्रदेशभित्र संचालनमा रहेका अन्य अस्पताललाई समेत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आउन खुल्ला गरिएको उनले बताए । 

प्रदेशका जनताको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भिर रहेको भन्दै मुख्यमन्त्री पौडेलले अस्पतालको सेवा सुविधा विस्तार र गुणस्तरीयतालाई क्रमशः सुधार गर्दै लैजाने बताए ।  हेटौंडा अस्पताललाई भौतिक पूर्वाधार र यन्त्र उपकरण सम्पन्न बनाएर ५ सय शैयाको अस्पतालमा स्तरोन्नती गर्दै आम नागरिकहरूमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उल्लेख गरे ।  आगामी वर्षमा नै प्रतिष्ठानमार्फत एमबीबीएसको अध्ययनको सुरुवात गर्ने लक्ष्यसहित काम भइरहेको र यसले सिंगो प्रदेशलाई नै प्रतिनिधित्व गर्ने उनको धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप