शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा एकसाता थपियो निषेधाज्ञा

सोमबार, १४ असार २०७८, १९ : १०
सोमबार, १४ असार २०७८

स्थानीय प्रशासनले मोरङमा निषेधाज्ञा खुकुलो पार्दै एक साता निषेधाज्ञा अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सोमबार अपरान्ह असार २१ गते राति १२ बजेसम्म जिल्ला भर लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

निषेधाज्ञा आदेशअनुसार अब बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म अधिकांश क्षेत्र खुला रहनेछ । अहिले दिउँसो १२ बजेसम्म मात्र बजार पसल खुला हुने गरेको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै बजार पसल खोल्न भनिएको छ । खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी, माछामासु, विद्यालय, पुस्तक पसल, निर्माण सामग्रीका पसल, कपडा आदिका पसलहरु सञ्चालन गर्न पाइने छ । तर अत्यावश्यक बाहेक सार्वजनिक यातायातका साधनहरु भने सञ्चालन हुने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप