आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इलाममा असार २२ गतेसम्म निषेधाज्ञा थप

सोमबार, १४ असार २०७८, १८ : ५८
सोमबार, १४ असार २०७८

इलाममा असार २२ गतेसम्मका लागि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले एक सुचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन् । जिल्लामा रहेका सक्रिय संक्रमितहरुबाट अन्य मानिसहरुमा कोरोना भाइरस विस्तार भइ जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अझै केही समय केही सेवाहरु निषेध गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

 निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, इलेक्ट्रोनिक्स, लत्ताकपडा, घरायसी प्रयोग हुने सामानहरूका पसल ५ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको थियो ।  एम्बुलेन्स, शव वाहन, दमकल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका  सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, स्वास्थ्यकर्मी चढेका, औषधि तथा स्वास्थ्य सामाग्री बोकेका सवारी साधन, झण्डाबाहक सवारी, आधिकारिक प्रेस पास प्राप्त सञ्चारकर्मी, निर्माण सामाग्री ढुवानी गर्ने सवारीसाधन र फोहोरमैला व्यवस्थापनमा प्रयोग हुने सवारी साधनहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने जनाइएको छ । मलखाद्य, बीउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा बोक्ने सवारी साधन तोकिएको गन्तव्य बाहेकका स्थानमा रोक्न तथा अन्य मानिस राख्न नपाउने ब्यवस्था गरिएको छ । 

जिल्लामा धेरै जनसम्पर्क हुने नागरिकता, नापी र मालपोतका सेवा प्रवाह गर्न छुट्टै सूचना प्रकाशन गरि भिडभाड नहुने गरि आलोपालो ब्यवस्था मिलाइने जनाइएको छ । इलाममा कोरोना संक्रमणका कारण ४४ जनाले ज्यान गुमाएका छन् भने हाल २७९ जना सक्रिय संक्रमित रहेका छन् । दस स्थानीय तह रहेको इलाममा फाकफोकथुम र सन्दकपुर गाउँपालिकामा कोरोना संक्रमणका कारण कसैको निधन नभएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । जिल्लामा बैशाख २८ गतेदेखि निषेधाज्ञा जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप