आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मदन भण्डारीको प्रतिभाको प्रतिनिधित्व गर्ने जनशक्ति उत्पादन गरौं : ओली

सोमबार, १४ असार २०७८, १० : ००
सोमबार, १४ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय नेता मदन भण्डारीको प्रतिभाको प्रतिनिधित्व गर्ने दक्ष जनशक्ति उत्पादनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सक्रिय हुनुपर्ने बताएका छन् ।  सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देशका लागि योगदान दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको बताए । 

प्रधानमन्त्री ओलीले आम नागरिकले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाअभियानमा आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नसमेत आग्रह गरे ।  प्रतिष्ठानले कोरोना महामारी तथा अन्य महामारीजन्य रोग र विपद्मा समेत योगदान गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्नुपर्ने आजको आवश्यकता भएको उनले बताए । 

चिकित्सा पद्धतिका सबै विधिको प्रयोग गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारले होमियोपेथीएलोपेथिक, एलोपेथिक र आयुर्वेदिक चिकित्सा सेवालाई समेत प्राथमिकताका साथ अघि बढाएको उनको धारणा छ ।

नेपाल प्राकृतिक जडिबुटीको केन्द्र भएका कारण औषधि उत्पादनको क्षेत्रमा समेत ठुलो सम्भावना रहेकाले यसको विकासमा सरकारले आवश्यक योजना प्रस्तुत गर्ने उनले बताए ।  सबै तहका सरकारले गरेको शिक्षाको लगानीलाई अर्थहिन हुन नदिने प्रकारका योजना ल्याउनु आजको आवश्यकता भएको उनले उल्लेख गरे ।

प्रतिष्ठानले स्थापनाको छोटो अवधिका ठुलो सफलता प्राप्त गरेको भन्दै उनले उक्त सक्रियतालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा प्रयोग गरी परिणाम देखिने गरी काम गर्न सबैमा आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप