यातायात व्यवसायी र मजदूर संगठनको चेतावनी : असार १८ बाट सबै यातायात चलाउँछौं
सोमबार, १४ असार २०७८, १७ : ०७
![यातायात व्यवसायी र मजदूर संगठनको चेतावनी : असार १८ बाट सबै यातायात चलाउँछौं](https://rpcdn.ratopati.com/media/albums/yatayat_bijor_7_DZZtCowl3O.jpg)
यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् ।